शिवम् सिमेन्ट्सको नाफा १ हजार ५३८.१६ प्रतिशतले बढ्यो


काठमाडौँ ।  शिवम् सिमेन्ट्स लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षमा २० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन १ हजार ५३८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ पुगेको छ भने कुल नाफा २१५.०७ प्रतिशतले बढेर ३२ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा १.९७ प्रतिशत घटेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा बढेर १५ रुपैयाँ ३७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३६.४२ गुणा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।