एकैदिन करिब ७ हजारले घट्यो सुनको भाउ, आइतबार प्रतितोला कति ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार एकैदिन सुन तोलामा ६ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०८०.७८ अमेरिकी डलर र चाँदी ५०.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।