काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । सो समय आजबाट सकिने भएको हो ।
आयोगमा दर्ता भएका दलहरुले निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको छ । जम्मा संख्याको टुंगो आज लाग्ने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ । यस्तै, मंसिर १ गतेदेखि १० गतेसम्म प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्का लागि निवेदन दिनुपर्ने समय तोकिएको छ ।












प्रतिक्रिया