नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ, तेजावी ९२ हजार रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँ तोकिएको छ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ, तेजावी ९१ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया