सिटिजन्स बैंकको कार्ड मार्फत किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

0
Shares

सिटिजन्स बैंक (CZBIL) ले मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने इन्स्टा वाई (Insta-Buy) योजना सञ्चालनमा ल्याएको छ ।

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिदैं आएको बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्ड मार्फत खरीद गर्न सकिने किस्ताबन्दीम सामान खरी दगर्न सकिने योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकहरुले न्युनतम १० हजार देखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ ।

योजना अन्तगर्त बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकै पटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने नविनतम सुविधा ल्याएको हो ।

यस योजनामार्फत ग्राहक महानुभावहरूले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नुहुनेछ । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्नुहुने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरूले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्नेछन् । यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहनुहुने नयाँ ग्राहकहरूले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइट मार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन समेत सक्ने बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।