
सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ ।
डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरे बमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु सहज र प्रविधिमैत्री बनाउने नीति बमोजिम सरकारी काम काजको अनुगमन, सुनुवाई, तथा सम्बोधन गर्ने उदेश्य अनुसार एप सार्वजनिक गरिएको हो ।
सिंहदरबारमा शुक्रबार आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले सञ्चार तथा सूचनाको उच्चतम प्रयोग गर्दै नागरिकलाई हात हातमै सरकारी सेवा उपलब्ध गराउने सरकारी लक्ष्य सफल बनाउन नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा दुई वटा भर्सन शुभारम्भ गरिएको बताए ।
मन्त्री गुरुङले करिब तीन वर्षअघि नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पारित भएकोमा सुरुवात गरेकोमा आज शुभारम्भ गर्न सकिएको बताए । आजको कार्यक्रम राष्ट्रिय गौरवको कार्यक्रम समेत भएको उनको भनाई थियो ।
मन्त्री गुरुङ्गले कम खर्चमा नेपाल सरकारद्धार प्रदान गरिने सबै प्रकारका सेवालाई डिजिटलाइज्ड गरी एकीकृत प्लेटफर्म मार्फत सेवा प्रवाह गर्ने लक्ष्य बमोजिम एप निमार्ण गरिएको बताए ।
मन्त्रालय सचिव हरिप्रसाद बस्यालले मोवाइल एप मार्फत सवारी कर, लाइसेन्स, नवीरकण, लोकसेवा लगायतका सेवा प्राप्त गर्न सकिने बताए । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्य अनुसार एप शुरुवात गरिएको हो बस्यालले भने ।
- एपमा के के पाइन्छ सेवा ?
‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमा सरकारी सेवा’ भन्ने नाराका साथ सुरु गरिएको एपमा विभिन्न सरकारी कार्यालहरुसँग भएको विवरणहरुहरुको प्रयोग गरी नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । यो एपमा आगामी दिनमा राष्ट्रिय परिचयपत्रलाई पनि जोडिनेछ ।
सरकारी सेवा सुविधि लिँदा कागजात बुझाउनुपर्ने झण्झट अन्त्य गर्न एपले स्वःचालित रुपमा आवश्यक विवरण लिने तथा पुष्टि गर्ने काम गर्दछ । नागरिकले आफ्नो नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता कागजात साथमा बोकर हिडिरहनुपर्ने झण्झट अब नहुने बताइएको छ ।
एपमा नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्ने प्रकृया थाल्न सकिन्छ । यो एप प्रयोग गर्न पनि एकदमै सजिलो छ । आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट यो एप र यसमा रहेको सुविधा प्रयोग गर्न सकिन्छ । मोबाइल नम्बर राखिसकेपछि कसको नाममा दर्ता रहेको छ भने एपले स्वचालित रुपमा पत्ता लगाउँछ ।
नागरिकता नम्बरबाट नै एपले सम्बन्धीत निकायको सिस्टममा पहुँच बनाउन सक्छ । उदाहरणका लागि कुनै कार्यालले दिने सेवाका लागि तपाइको प्यान विवरण चाहिने भयो भने प्यान नम्बर राखेको भरमा नै एपले राजश्व विभागको सिस्टमबाट सोझै विवरणहरु प्राप्त गर्नसक्छ । यसको अर्थ सेवाग्राहीले नागरिकता र प्यानको फोटोकपी बुझाइरहनु पर्देन ।
केन्द्रदेखि स्थानीय सरकारले नागरिकलाई उपलब्ध गराउने सबै सेवा सुविधा क्रमश यो एपबाट प्रदान गरिने जनाइएको छ । स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमा उपलब्ध हुनेछन् । यसमा कुनैपनि विवरण भर्ने वा अपलोड गरिरहनु पनि पर्दैन । एक क्लिक गरेकै भरमा सम्बन्धीत सरकारी कार्यालयका लागि आफैँ आवेदन भरिन्छ ।
सरकारका विभिन्न निकायमहरुसँ भएका नागरिकका प्रमाणि विवरण यसले स्वःचालित रुपमा रुजु गर्छ । जसले गर्दा फेरबदल वा किर्ते गर्ने सम्भावना पनि हुँदैन । एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवा समेटिनेछन् । यसले नागरिकको सहजता सुशासन, भष्ट्राचार न्यूनीकरण र सरकारको सञ्चालक खर्च कटौतीमा समेत ठूलो टेवा पुर्याउनेछ ।
एपले पारदर्शिता बढाउन, झण्झटमा मुक्त गर्दै सरकारी सेवा तथा सूचनाहरु नागरिकको हात हातमा रहेको मोबाइलबाटै कसरी दिन र सरकारी कागजपत्रहरुलाई मोबाइलमा नै सुरक्षित राख्न एप सहयोगि हुने बताइएको छ । सार्वजनिक विदाको दिन सहित २४ सै घण्टा सरकारी सेवा प्रयोगग गर्न पाउने गरी नागरिकको सेवालाई सरल र व्यवस्थीत गर्न एपको सुरुवात गरिएको हो ।
एपबाट प्यान नम्बर आवेदन गरी प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेट मार्फत नै जानकारी लिन सकिनेछ । यस एप मार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिनेछ । साथै नागरिक लगानी कोष, सञ्चय कोषका सार्थ सामाजिक सुरक्षा कोषमा रहेका खातामा जम्मा भएको रकम र ऋण विवरणहरुको जानकारी समेत एपबाट लिन सकिनेछ ।
हाल ९ वटा कार्यक्रम समावेश गरिएको छ । एपमा गृहमन्त्रालयसँग भएको २ करोड १५ लाख नागरिकताका विवरण, निर्वाचन आयोगसँग भएको १ करोड ५५ लाख वटा औठाछाप सहितको मतदाता परिचयपत्र, तथा राहदानी विभागसँग भएको ६५ लाखभन्दा बढी नागरिकको तथ्यांक एपमा समावेश रहेको छ ।
लाइन होइन अनलाइनबाटै २४ सै घण्टा सरल, सहज र प्रभावकारी सेवाका लागि नागरिक एप भन्ने नाराका साथ सुरु गरिएको एप मार्फत हेलो सरकारमा गुनासो गर्न र सम्बोधन गरिएको समेत हेर्न सकिनेछ । जसबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन समेत सेवा लिन सकिनेछ ।
एन्ड्रोइटको प्ले स्टोर तथा आईफोन प्रयोगकर्ताले एप्प स्टोरबाट नागरिक एप बेटा डाउनलोड गर्न सक्नेछन् । एपमा नागरिकता नम्बर, राहदानी वा मतदाता परिचयपत्र नम्बर मध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्नेछ ।
हाल परीक्षण्को रुपमा अगाडि बढाइएको नागरिक एपमा आगामी दिनमा मालपोत, भुमिसुधार, सवारी कर, चालक अनुमतिपत्र, लगायतका आम नागरिकसँग सरोकार हुने सेवाहरु थप गर्दे लगिने जनाइएको छ । सरकारले एप प्रयोग गर्ने कार्यविधि समेत सार्वजनिक गर्ने सूचना तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया