सुनको मूल्य तोलामा २८ सयले बढ्यो


काठमाडौँ । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी तोलामा ६० रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०८८.७७ अमेरिकी डलर र चाँदी ५१.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार  ११ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।