
नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर संस्थागत परामर्श सेवाका साथै विशिष्टिकृत लगानी कोष संचालनका लागि तयार रहन आग्रह गरेको छ ।
माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोवारको समुद्घाटन गर्दै बोर्ड अध्यक्ष भिष्म राज ढुंगानाले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमताका साथै दायर विस्तार गर्नुपर्ने आवश्यकता औल्याए ।
ढुंगानाले नेपालको पूँजीबजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताए ।
उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोष मार्फत् पूँजी परिचालन हुने गरेको सन्दर्भमा नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकाशमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने सुझाब दिए ।
उनले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपाली मार्फत् विदेशी श्रोतको परिचालन लगायतमा समेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा विशेष जोड दिए ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया