काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५.६३६५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.३६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण हुनेछ ।










प्रतिक्रिया