सातामा प्रतितोला ८ हजारले घट्यो सुनको मूल्य, चाँदीमा १८५ रुपैयाँले गिरावट


काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ८ हजार रुपैयाँले मूल्य घटेको जनाएको हो ।

यो साता चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले गिरावट आएको हो ।

महासंघका अनुसार आज शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ भने बिहीबार सुन प्रतितोला २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो ।
शुक्रबार चाँदी प्रतितोला ३ हजार १०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ८५ रुपैयाँमा किनबेच भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०५६.६१ अमेरिकी डलर र चाँदी ४९.८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ मंसिर २०८२, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।