सुनचाँदीको मूल्यमा सामान्य गिरावट

0
Shares

सुनचाँदीको मूल्यमा माघ ४ गते आइतबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ, र तेजावी सुनको भाउ ९१ ह्जार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार  १२ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।