काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ ५९ पैसादेखि ३०१ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।
नेप्सेले कम्पनीलाई (SAIL) सिम्बोल दिएको छ।












प्रतिक्रिया