नेप्से दैनिक कीर्तिमानी उचाईमा, कारोबारले साथ दिँदा झन् उत्साहित लगानीकर्ता

0
Shares

गत सातादेखि लगातार नयाँ उचाई हासिल गरेको शेयर बजार परिसूचक नेप्से यो साताको पहिलो दिन २३ सय अंक पार गरेको छ । आइतबार नेप्से सूचक २८ अंकले बढेर हालसम्मकै उच्च २३ सय १५ विन्दुमा पुगेको छ । 

शेयर बजारले सकारात्मक गति लिएपछि कारोबार रकममा पनि सुधार देखिएको छ।

दिनभरीमा कारोबार हुने कम्पनीको संख्या पनि बढेको छ।

बैंकहरुले माघ लागेसँगै ब्याजदर घटाएपछि यसको सकारात्मक प्रभाव बजारमा परेको हो । साथै पुस मसान्तपछि कर बुझाएर राहत महशुस गरेका लगानीकर्ताहरु पनि बजारमा तानिएका छन् ।

यसदिन कारोबारमा आएका जलविद्युतबाहेक सबै उपसूचक बढेका छन्। । २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आजको बजारमा १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ। यसदिन १६ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन, नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य बढेर सर्किट लागेको छ । यसदिन विशेषगरी विकास बैंक र लघुवित्तका शेयरमा बढी आकर्षण देखिएको छ । युनाइटेट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

आजको बजारमा सबैभन्दा धेरै नेपाल टेलिकमो ५८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भयो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार  १५ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।