नेप्से कीर्तिमानी उचाइमा पुग्दा यी हुन् सकारात्मक सर्किट लाग्ने १६ कम्पनी

0
Shares

शेयर बजार परिसूचक नेप्से २८.४६ बढेर २३१५ बिन्दुमा पुग्दा कारोबारमा आएका जलविद्युत बाहेक सबै उपसमूहका सूचकहरुमा हरीयाली छाएको छ । ब्यापार, विकास बैंक, अन्य लघुवित्त र वित्त चम्कदाँ एकैदिन १६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबारको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशन, गुराँस लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त, महिला सहयात्रा लघुवित्त, मञ्जुश्री फाइनान्स, आरम्भ चौतारी लघुवित्त, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक, एचआईडिसीएल, कालिका लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Top Gainers

Symbol LTP % Change
As of 2021-01-17 15:00:00
STC 7,623.00 10.00
GLBSL 1,025.00 9.98
NABBC 562.00 9.98
CORBL 375.00 9.97
SLBSL 1,136.00 9.97
PLI 298.00 9.96
KLBSL 1,304.00 9.95
MSMBS 1,052.00 9.93
MFIL 388.00 9.92
ACLBSL 1,186.00 9.92
GBBL 357.00 9.85
KSBBL 269.00 9.80
HIDCL 304.00 9.75
KMCDB 1,095.00 9.50
SADBL 220.00 9.45
BARUN 217.00 9.05
IGI 907.00 7.98
NTC 1,359.00 7.60
NBB 303.00 7.45
SHINE 275.00 7.42
ILBS 1,375.00 7.34
SNLB 1,195.00 6.70
LLBS 1,587.00 6.51
SAPDBL 169.00 6.29
VLBS 1,225.00 6.15
MLBBL 1,471.00 6.13
CBBL 1,350.00 5.80
JSLBB 2,327.00 5.77
DDBL 1,565.00 5.74
SINDU 169.00 5.63
MPFL 171.00 5.56
GMFIL 203.00 5.18
CFCL 206.00 5.10

उता आइतबारको बजारबाट युनाइटेड फाइनान्सको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । फाइनान्सको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको हो । एभरेष्ट इन्स्योरेन्स संस्थापक, र मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य ३ प्रतिशतले घट्दा नेपाल एसबिआई बैंक, रसुवागढी हाइड्रोपावर, इन्भेष्टमेन्ट बैंक संस्थापक, साञ्जेन जलविद्युत कम्पनी र शीबश्री हाइड्रोपावरको शेयरमूल्य पनि २ प्रतिशत धेरैले घटेको छ ।

नेपाल टेलिकमको ५८ करोड बढी कारोबार भएको बजारमा २०८ कम्पनीका १ करोड ५० लाख कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । आज शेयर लगानीकर्ताको सम्पत्ति बढेर ३१ खर्ब १८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार  १६ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।