शेयर बजारका विभिन्न भ्रमलाई चिर्ने पुस्तक ‘सेयर मन्त्र’ बजारमा

0
Shares

शेयर बजार विश्लेषक रविन्द्र भट्टराइले शेयर मन्त्र नामक शेयर बजार सम्बन्धि नया किताव बजारमा ल्याएका छन् ।

विसं २०७७ माघ ४ गते आइतबार आमाका हातबाट फेसवुक मार्फत भट्टराइले किताब सार्वजनिक गरेका हुन् ।

यो किताबले सर्वसाधारणमा शेयर बजार सम्बन्धि रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराइले दाबी गरेका छन् । जस्तो शेयर बजारमा पैसा बनाउन निकै चलाख हुनुपर्छ भन्ने एउटा भ्रम छ । त्यस्तै शेयर र जुवाका बारेमा अर्को भ्रम रहेको छ । पोर्टफोलियो बनाउने कुरामा भ्रम छ । बजार घट्दा जोखिम हुन्छ भन्ने भ्रम छ । त्यस्तै महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन् र लगानी भनेको पुरुषले गर्ने हो भन्ने अर्को भ्रम पनि रहेको छ । लगानीकर्ता वा शेयर बजारमा यस्ता अनेकौं भ्रमहरु रहेका छन् । जस्लाई चिर्न, लगानी प्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि शेयर छनौट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

भट्टराइका अन्य पुस्तक भन्दा यो पुस्तक विल्कुलै फरक भएको उनले बताएका छन् । भट्टराइले यसअघि नेपालको शेयर बजार, शेयरको आधारभूत विश्लेषण, शेयरको प्राविधिक विश्लेषण, शेयरबाट करोडपति जस्ता शेयर बजार सम्बन्धि पुस्तकहरु प्रकाशित भइसकेका छन् । त्यस्तै शेयर बजार सम्बन्धि आशा नामको चलचित्र निर्माण र दोहोरी गित समेत ल्याएका छन् । यी युटुबमा हेर्न र सुन्न सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार  ०८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।