सुनको भाउ तोलामा १९ सय घट्यो, चाँदीमा सामान्य गिरावट


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०४४.३६ अमेरिकी डलर र चाँदी ४९.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।