नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा

0
Shares

नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गरेको छ ।

बैंकले पुस २८ गते सम्पन्न २७ औँ वार्षिक साधारण सभाबाट पारित भएको ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा वितरण गरेको हो ।

बैंकले साधारण सभाका लागि बुक क्लोजको अघिल्लो दिनसम्म शेयर डिम्याट गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा क्लियरिङ्ग हाउसको आईपीएसमार्फत लाभांश वितरण गरेको हो । माघ ५ गतेदेखि नै शेयरधनीहरुको बैंक खातामा लाभांश पठाउन थालेको बैंकले जनाएको छ ।

बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि पुस १५ गते बुधबार बुकक्लोज मिति तोकेको थियो । यसअनुसार बुक क्लोजको अघिल्लो कारोबार दिन मंगलबारसम्म कायम रहेका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले हालसम्म कागजी शेयर धारण गरेका शेयरधनीलाई शेयर डिम्याट गर्न र शेयर धितो राखि कर्जा लिएका शेयरधनीलाई सम्बन्धीत संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र लाभांश वितरण गरिने जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।