तोलामा ५२ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बढोत्तरी


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । मंगलबार चाँदी तोलामा ८५ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १४३.०५ अमेरिकी डलर र चाँदी ५१.५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०८२, मंगलबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।