सर्वोत्तम सिमेन्ट बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने पहिलो कम्पनी हुने भएको छ । कम्पनीले आज हुने साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्दैछ । कम्पनीको वार्षिक साधारण सभा काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बोलाइएको छ ।
कम्पनीको वार्षिक साधारण सभा काठमाडौं–३२ तीनकुनेमा रहेको न्यौपाने टावरमा बोलाइएको छ । सिमेन्ट उद्योगको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साधारणसभाको निर्णयपछि सिमेन्टले सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गर्नेछ।
२०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । चालु आर्थिक वर्षभित्रै शेयर निष्कासन गरिसक्ने कम्पनीको योजना छ ।
साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ विधिबाट गर्ने प्रस्तावका साथै दोस्रो बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६र०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका एजेण्डा पारित गर्नेछ ।
सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ । चितवनको चुनढुंगा मिश्रणबाट उत्पादित क्लिंकर (धातुमल सिमेन्ट) देशका अन्य २० वटा उद्योगहरुले खरिद गर्ने गरेका छन् । यस उद्योगको वार्षिक उत्पादन क्षमता १०२५ करोड बोरा रहेको छ ।
सर्वोत्तम सिमेन्टले सर्वोत्तम ग्रिन ओ. पि. सि. सिमेन्ट र सर्वोत्तम ग्रिन पि. एस. सि. सिमेन्ट उत्पादन गरिरहेको छ । युरोपियन भि. आर. एम. मेशिनबाट उत्पादित सर्वोत्तम सिमेन्ट नेपाल कै एकमात्र पहिलो ४५०० ब्लेन सम्मको मसिनोपन भएको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
शेयर बजारको प्राथमिक निष्काशनमा प्रयोग हुने बुक बिल्डिङ्ग विधि के हो ?
बुक विल्डिङ्ग प्रक्रियामा आसय मूल्य दिने लगानीकर्ताले शेयर किन्न अनिवार्य नहुने
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया