एक्सेल डेभलपमेन्ट बैंकले लिलामी शेयरको बोलपत्र आज खोल्दै

0
Shares

एक्सेल डेभलपमेन्ट बैंक (EDBL) ले लिलामी ल्याएको तीन कम्पनीको संस्थापक समुहको शेयरको शिलबन्दी बोलपत्र आज खुला हुने भएको छ ।

बैंकको शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाण्डौमा बिहान ११ बजे बोलपत्र खुला गरिने बैंकले जनाएको छ ।

बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीको १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक समुहको पुस १९ गतेदेखि माघ ४ गतेसम्म लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो ।

बैंकले आरएमडिसी लघुवित्तको २२ हजार ३७० कित्ता, ग्रामीण विकास लघुवित्तको २६ हजार ३०० कित्ता, युनाईटेड इन्स्योरेन्सको कम्पनीको ९६ हजार ६४९ कित्ता गरि कुल १ लाख ४५ हजार ३१९ कित्ता संस्थापक समुहको शेयर बोलकबोल प्रकृयाबाट बिक्रीमा ल्याएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।