विद्युत प्राधिकरणका कर्मचारी ५ हजार घुस सहित अख्तियारको फन्दामा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच हजार खुस लिई भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रको आँबु प्रशाखामा कार्यरत कर्मचारीलाई नियन्त्रण्मा लिएको छ ।

सेवाग्राहीको काम गरिदिए वापत गैरकानूनी रुपमा घुस लिइसकेको अवस्थामा कृष्ण आलेलाई आयोगको पोखराबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो।

आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेकको ५ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो । आलेविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।