वीरगञ्ज । वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको ४ महिनामा २१ करोड ३ लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले सो अवधिमा सम्पत्ति करतर्फ ७ करोड ५६ लाख रुपैयाँ सङ्कलन गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले राजस्व बढाउनेतर्फ जनचेतना अभिवृद्धि गर्दै आइरहेको दावी गरे “महानगरको राजस्व अभिवृद्धि गर्नका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आइरहेका छौँ । यद्यपी अहिले पनि अपेक्षाकृत ढङ्गले राजस्व भने सङ्कलन हुन सकिरहेको छैन,” उनले भने, “यहाँका जनतामा स्थानीय सरकारलाई कर तिर्नुपर्छ भन्ने जागरणको अभावको कारणले पनि समस्या भइरहेको छ ।”
महानगरले चालु आवको ४ महिनामा भूमिगत÷मालपोत करतर्फ ३७ लाख ६७ हजार ९८० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरवहाल करतर्फ भने १ करोड ६० लाख ८६ हजार रुपैयाँ उठाएको छ । त्यस्तै पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ भने २ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अखेटोपहारमा लाग्ने करतर्फ भने ५ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अन्य सेवा शुल्कतर्फ भने १ करोड ४९ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले विभिन्न २० शीर्षकमा कर उठाउने गर्छ ।










प्रतिक्रिया