दश अर्बको ऋणपत्र आउने, तीन बैंकलाई बोर्डको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले तीन बैंकलाई दश अर्ब रुपैयाँको शेयर निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।

बोर्डले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका कृषि विकास बैंकलाई ६ अर्ब, नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई ३ अर्ब र कामना सेवा विकास बैंकलाई १ अर्ब रुपैयाँ बराबरको शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कामना सेवा विकास बैंकलाई माघ २ गते, कृषि विकास बैंकलाई माघ ४ गते र र एनसीसी बैंकलाई माघ ५ गते ऋणपत्र जारी गर्न अनुमति प्रदान गरिएको बोर्डले जनाएको छ ।

कृषि विकास बैंकले ४ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘कृषि ऋणपत्र’, एनसीसी बैंकले ९.५० प्रतिशत ब्याजदरमा दश वर्ष अवधिको ‘एनसीसी डिबेञ्चर २०८६’ र कामना सेवा विकास बैंकले ९ प्रतिशत ब्याजदरमा ‘कामना सेवा विकास बैंक २०८७’ ऋणपत्र जारी गर्न लागेको हो ।

कृषि विकास बैंक र कामना सेवा विकास बैंकको ऋणपत्र निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई र एनसीसी बैंकले नबिल इन्भेष्ट बैंकिङ्गलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।