युनाइटेड इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल (UIC) ले आज ( बुधबार) २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । होटल हिमालय, ललितपुरमा बिहान १०ः३० बजे भर्चुअल माध्यममार्फत सभा आह्वान गरिएको छ ।

कम्पनीले आव २०७५।७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण गरेको छैन ।

सभामा बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समुह र सर्वसाधारण समुहको शेयर स्वामित्व संरचना परिवर्तन गरि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव स्वीकृत गरिने छ ।

कम्पनीले आजको साधारण सभाबाट सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने जस्ता साधारण प्रस्तावहरु पारित गर्दै सभा सम्पन्न गर्नेछ ।

 यसैगरी सभाले आव २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।