एनसेलले फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकलाई २ जीबी डेटा बोनस उपलब्ध गराउने

0
Shares

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले थ्रीजी सीमकार्ड प्रगोग गरिरहेका ग्राहकहरुलाई फोरजीमा अपग्रेड गरी निशुल्क २ जीबी फोरजी डेटा बोनस उपलब्ध गराउने भएको छ ।

कम्पनीले माघ ६ गते मंगलबारदेखि सिम अपग्रेड गर्ने ग्राहकका लागि २ जीबी फोरजी डेटा बोनस उपलब्ध गराउने योजना ल्याएको हो । ‘फास्ट फरवार्ड लाइफ’ नयाँ अभियान अन्तर्गत कम्पनीले यस्तो योजना ल्याएको हो ।

यस योजना प्रयोग गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिम लिएर द्रुत गतिको इन्टरनेट सेवाबाट फाइदा लिन सक्छन् ।

अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ । द्रुतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिने जनाइएको छ ।

योजना अन्तर्गतको बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ । फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ ।

ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिम हो कि होईन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस थाहा पाउन सक्छन् ।

फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार  १३ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।