सेयर बजारमा लगातार करेक्सन, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा लगातार करेक्सन आएको छ । सोमबार नेप्से ४.२८ अंकले घटेर २६४५.२४ अंकमा पुगेको छ ।

सोमबार ६० हजार ६२० पटकको कारोबारमा १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयरहरु ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँमा किनबेच भएका छन् ।

आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९.५२ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ पुगेको थियो ।

सोमबार समग्र बजार घट्दा पनि सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक इन्डस्ट्री र ग्रिन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, नेफ्रा ग्रिन इनर्जीको ६ प्रतिशत डेभेन्चर मूल्य १० प्रतिशतले घटेको बजारमा बोट्लर्स नेपाल बालाजुको सेयर मूल्य ३.९४ प्रतिशत, एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा युनाइटेड मोदी हाइड्रोपावर २७ करोड १० लाख ३ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा ६ हजार ९१० पटकको कारोबार सहित बन्दीपुर केबलकार अग्रस्थानमा रहेको छ ।

सोमबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४४ खर्ब ४१ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४४ खर्ब ४८ अर्ब ६० करोड रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।