काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेको छ । मंगलबार चाँदी तोलामा १० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायमै रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ५३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २१६.२६ अमेरिकी डलर र चाँदी ५७.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया