शेयर बजार सुधारका ५८ बुँदा पूर्ण कार्यान्वयन नभए प्रधानमन्त्रीका विरुद्ध अनशन !

0
Shares

अर्थमन्त्रालयले शेयर बजार सुधारका लागि दुई वर्षअघि सिफारिस गरेको ५८ वुँदा पूर्ण कार्यान्वयन नभए शेयर लगानीकर्ताले पुन: आन्दोलन गर्ने घोषणा गरेका छन् ।

पूँजी बजार विकास अभियानले अर्थमन्त्रालयबाट सिफारिस गरेको ५८ बुँदा पूर्ण कार्यानवयनमा नआए फागुन १ गतेदेखि प्रधानमन्त्री केपी ओलीकै विरुद्धमा आमरण अनशन बस्ने घोषणा गरेको हो। यसअघि बजार सुधारको माग गर्दै अनशन बसेका तिलक कोइराला नै पूँजी बजार विकास अभियानका संयोजक रहेका छन् । 

अहिले शेयर बजार दैनिक नयाँ उचाई हासिल गरिरहेका बेला नेकपामा आएको खटपटको प्रभाव शेयर बजारसम्म पुगेको विश्लेषण पनि गर्न थालिएको छ । बजारले सुधारका कार्यक्रमहरु चलिरहेको र शेयर बजारमा पनि सकारात्मक लयमा रहेको बेला लगानीकर्ताले आन्दोलन गर्ने घोषणा गरेपछि शेयर बजारमा अर्को हलचल मचिएको छ ।

पूँजी बजार विकास अभियानका तर्फबाट संयोजक तिलक कोइरालाले भनेका छन्  “अर्थमन्त्रीज्यू, पूँजी बजार बिकासका लागि तपाइँकै मन्त्रालयबाट दुई बर्षअघि सिफारिस भएका ५८ बुँदाको पूर्ण कार्यान्वयन भएन भने फागुन १ गतेदेखि तपाइँ र प्रधानमन्त्री केपी ओलीकै विरुद्धमा आमरण अनशनमा बस्ने घोषणा गर्दछौ । समयमै जानकारी होस् ।”

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ माघ २०७७, बुधबार  १६ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।