चन्द्रागिरीको आईपीओको आवेदक संख्या ४० हजार घट्यो, शुक्रबार बाँडफाँड

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड शुक्रबार हुने भएको छ । बुधबार प्रि-अलोटमेण्ट सम्पन्न गरेको कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार बाँडफाँड गरिने जानकारी दिएको छ ।

प्रि-अलोटमेण्ट पश्चात कम्पनीको आवेदक संख्या भने झण्डै ४० हजारले घटेको छ । बिक्री प्रबन्धकका अनुसार कुल सदर आवेदन १२ लाख ११ हजार ११५ कायम भएको छ । जसबाट २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरका लागि २ अर्ब २८ करोड २० लाख २१ हजार बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओ १ लाख ३९ हजार ६०२ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गतेसम्म आवेदन खुला गरेका थियो । बिक्री प्रबन्धकले पुस २८ गते अन्तिम दिनसम्ममा १२ लाख ५१ हजार १० जनाले आईपीओमा आवेदन गरेको जनाएको थियो। प्रि अलटमेन्ट पश्चात सदर आवेदकको संख्या ३९ हजार ८९५ ले घटेको छ ।

कम्पनीले रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिने व्यवस्था थियो । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।