नेपाल इन्भेष्टमेण्ट बैंकको १८.५ प्रतिशत लाभांश पारित

0
Shares

नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित लाभांश लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकको २०७७ माघ ८ गते बिहीबार सम्पन्न ३४ औं वार्षिक साधारण सभाले १८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जसमध्ये १३ प्रतिशत बोनश शेयर तथा ५.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने जनाएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

यसका साथै, बैंकको प्रबन्धपत्र संशोधन गरी अधिकृत पूँजी वृद्धि गरी १८ अर्ब पुर्याउने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि बैंककले पुस २२ गते देखि सभाको मिति सम्म शेयर दाखिला खारेज बन्द गरेको थियो । तसर्थ पुस २१ गते मंगलबार सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

गत आर्थिक वषर्मा बैंकले ३.५१ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा २.४२ अर्ब रुपैयाँ थियो। बैंकको कुल चुक्ता पूँजी १४.२४ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १५२ अर्बबाट वृद्धि भइ १६६ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १२७ अर्बबाट वृद्धि भइ १४१ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।