राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा माघ २८ गते

0
Shares

राष्ट्रिय वाणिज्य बैंकले १५ औं साधारण सभा आह्वान गरेको छ ।

बैंकको माघ ७ गते बसेको संचालक समितिको बैंठकले माघ २८ गते बुधबार बैंकको केन्द्रीय कार्यालयमा सभा डाकेको हो ।

कोरोना भाइरस संक्रमणका कारण सभा भर्चुअल माध्यमबाट अपरान्ह २ बजे देखि संचालन गरिने बैंकले जनाएको छ ।

बैंकले २२ करोड ५१ लाख १९ हजार ८९३ रुपैयाँको २.५० प्रतिशत नगद लाभांश र साधारण शेयरधनीहरुलाई २ प्रतिशत बोनश शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।