तोलामा ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँले घट्दा चाँदी तोला ७० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३ हजार ५५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ६२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २१७.०१ अमेरिकी डलर र चाँदी ५७.७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।