ग्रीन लाईफ हाइड्रोपावरले माघ तेस्रो हप्तादेखि शेयर जारी गर्ने, शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल

0
Shares

ग्रीन लाईफ हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) २०७७ माघ महिनाको तेस्रो हप्तादेखि सर्वसाधारणको लागी बिक्री खुला हुने भएको छ । ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा सो जानकारी दिइएको हो ।

ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी १ अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ करोड बराबरको १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो । स्थानीयमा जारी भएकोमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर र जारी पूँजीको १० प्रतिशतले हुन आउने १८ लाख कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० साधारण शेयर (सामुहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणको लागि निष्काशन गर्न स्वीकृती प्राप्त गरेको छ ।

शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा सम्झौतापत्रमा ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडको तर्फबाट अध्यक्ष याङचेन डोमा लामा र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरले २०७७ माघ गतेदेखि लागू हुने गरी सानिमा क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

कम्पनीको प्रदेश नं. ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।

ग्रीन लाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रा.लि.को रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।