काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ९० रुपैयाँ ४१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार १९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा लघुवित्तको कारोबार खुल्नेछ।
लघुवित्तले पुस ४ गते शुक्रबार, होटल अरनिको प्रा।लि। धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।












प्रतिक्रिया