रिज लाइन इनर्जीले पायो आईपीओ निष्कासन अनुमति


काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिज लाइन इनर्जी लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमती दिएको छ । कम्पनीले सोमबार सेबोनले अनुमति दिएको हो ।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २६ लाख सात हजार कित्ता सेयर जारी गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार  ०८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।