एसवाई प्यानलको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?


काठमाडौँ । एसवाई प्यानल नेपाल लिमिटेडको शेयर सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १ कराड ३० लख ८१ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०६ रुपयाँ ६१ पैसादेखि ३१९ रुपैयाँ ८३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोली अर्थात बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता शेयर गरी कुल १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई  (SYPNL)  स्टक टिकर प्रदान गरेको छ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।