काठमाडौँ । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ७.३९ अंकले बढेर २६१४.०७ अंकमा पुगेको हो । नेप्से बढ्दा पनि कारोबार रकममा भने गिरावट आएको छ । मंगलबार ६२ हजार ६६५ पटकको कारोबारमा ८७ लाख ४२ हजार ८४ कित्ता सेयरहरु ३ अर्ब ७५ करोड ५० लाख रुपैयाँमा किनबेच भएका छन् ।
सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६.६७ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार बैंकिङ्ग समूह १.९७ अंकले घटेको बजारमा निर्जीवन बीमा समूह १९.५ अंकले घट्दा अरु सबै उपसुचकमा सामान्य सुधार आएको छ ।
स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मौलुङ खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढ्दा स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ८.७६ प्रतिशतले र सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ८.१० प्रतिशतले बढेको छ ।
यता, हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ३.८८ प्रतिशतले घटेको छ । मिथिला लघुवित्तको सेयर मूल्य ३.४६ प्रतिशतले घटेको बजारमा कालिका लघुवित्तको सेयर मूल्य ३.३२ प्रतिशतले र लक्ष्मी सन्राइज बैंकको सेयर मूल्य २.५९ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधार ङ्यादी ग्रुप ३१ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ७ लाख ६८ हजार ६५ इकाईको कारोबार सहित ङ्यादी ग्रुप नै शीर्षस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक ३ हजार ७२९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ८९ अर्ब ८ करोड १७ लाख रुपैयाँ कायम भएको छ । सोमबार बजार पूँजीकरण ४३ खर्ब ७६ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया