तीस हजार बढीले बुझे कोरोना बीमा दाबीको भुक्तानी

0
Shares

विश्व महामारी कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरु मार्फत बीमा गराएका ३० हजार भन्दा बढी बीमितले कोरोना बीमाको रकम भुक्तानी पाएका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ९ गते शुक्रबारसम्म ३० हजार २७० जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३० हजार २७० जना बीमितलाई दुई अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।

समितिका अनुसार माघ ९ गतेसम्म कारोना बीमामा ५७ हजार ७६२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार १८ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार सात हजार ८२९ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने एक हजार ५९६ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, २१४ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ८ हजार ९७१ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।