आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले कति दिने भयो लाभांश ?


काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिका बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।