चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुनमा पनि बढोत्तरी


काठमाडौँ । चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ । आज बिहीबार चाँदी तोलामा ५५ रुपैयाँकाे छ । जुन ऐतिहासिक मूल्य हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि चाँदीको मूल्यमा रेकर्ड बनाएको थियो ।

बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेसँगै बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २१५.०४ अमेरिकी डलर र चाँदी ६१.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।