सेयर बजार सामान्य अंकले घट्यो, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । सेयर बजार परिसुचक सामान्य अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से १.६६ अंकले घटेर २६०७.३७ अंकमा पुगेको छ ।

नेप्से घट्दा कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार ६९ हजार ७२९ पटकको कारोबारमा ७७ लाख ६८ हजार ६०१ कित्ता सेयरहरु ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँमा किनबेच भएका छन् ।

बुधबार नेप्से ५.०३ अंकले घटेर २६०९.०३ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँ पुगेको थियो ।

बिहीबार समग्र बजार घट्दा पनि स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ८.४२ प्रतिशतले घटेको छ । थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य ४.७१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ङ्यादी ग्रुप पावर १८ करोड ९७ लाख १६ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि ङ्यादी ग्रुप पावर ४ लाख ६९ हजार ७७० इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा श्रीनगर एग्रिटेक १३ हजार ६६९ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

बिहीबारको कारोबारसँगै बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड २३ लाख १८ हजार रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४३ खर्ब ८० अर्ब ६२ करोड २९ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।