काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा १०० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन ऐतिहासिक मूल्य हो । बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६६.७४ अमेरिकी डलर र चाँदी ६३.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया