सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँमा कोरोबार गरिएको थियो ।
चाँदी शुक्रबार देखि स्थीर रहेको महासंघले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया