आज एक तोला सुन किन्न २ लाख ६० हजार बढी खर्चिनुपर्ने


काठमाडौँ । सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो ।

आइतबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको हो । आइतबार सुन प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेसँगै प्रतितोला ३ हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२६.८ अमेरिकी डलर र चाँदी ६२.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।