काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाश कुमार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थशास्त्री र विकास योजनाको क्षेत्रमा लामो अनुभव र दक्षता भएका श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
योजना आयोगको उपाध्यक्षको रुपमा श्रेष्ठले देशको दीर्घकालीन विकास लक्ष्यहरु निर्धारण गर्ने र सरकारी नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कायान्वयन गर्ने सरकारको विश्वास रहेको छ ।
प्रधानमन्त्री मातहत रहने र प्रधामन्त्रीले नै उपाध्यक्ष नियुक्ति गर्ने आयोग जेनजी आन्दोलनपछि अन्तरिमा सरकार गठन भएसँगै नेतृत्वविहीन अवस्थामा थियो ।












प्रतिक्रिया