अरुण भ्यालीको विद्युत बिक्री आय घटेपनि मुनाफा दोब्बर

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (AHPC) ले गत आर्थिक वर्षको तुलनामा १ करोड रुपैयाँले विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा भने दोब्बर बनाएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ८० लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा ३ करोड ३६ लाख ८२ हजार रुपैयाँ खुद नाफा आनर्जन गरेको कम्पनीले एक वर्ष अवधिमा १०२ प्रतिशत अर्थत ३ करोड ४३ लाख रुपैयाँले नाफा बढाएको हो ।

चुक्ता पूँजी ९९ करोड ८३ लाख २३ हजार रुपैयाँ रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १३.७७ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा १४ करोड ४३ लाख रुपैयाँ सञ्चित रहँदा प्रतिशेयर नेटवर्थ ११४.४६ रुपैयाँ कायम भएको छ । यस्तै मूल्य आम्दानी अनुपात १६.९९ गुणा छ ।

मंगलबार सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्म अरुण भ्यालीले विद्युत बिक्रीबाट ३ करोड ४ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ७ लाख ६ हजार रुपैयाँ आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड २ ७३ हजार रुपैयाँले घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको अन्य स्रोतको आम्दानी गत आवको तुलनामा ४ करोड ६० लाख रुपैयाँ बढेर ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको ब्याज खर्च ६ हजार ५६९ रुपैयाँ मात्र भएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको ब्याजदर घट्दा गत आवको ६ महिनामा ४७ लाख ३९ हजार रुपैयाँ ब्याज खर्च गरेको कम्पनीको ब्याज खर्च ४७ लाख ३३ हजार रुपैयाँले घटेको हो । यस्तै कम्पनीको रोयल्टी, प्रशासनिक र आयोजनाको खर्च समेत घटेकोले नाफामा सुधार आएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।