काठमाडौँ । रिभर फल्स पावर र शिभ श्री हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आउने भएको छ । बुधबार नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएसँगै आजदेखि कारोबार खुल्ने भएको हो ।
रिभर फल्स पावरको १०० प्रतिशत हकप्रद शेयर वापत ७० लाख कित्ता शेयर सूचिकृत भएको हो भने शिभ श्री हाइड्रोपावरको पनि शतप्रतिशत हकप्रद शेयर वापत १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर सूचिकृत भएको हो । कम्पनीहरुको सूचिकृत भएको सो शेयर आजबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।












प्रतिक्रिया