नेपाल इन्स्योरेन्सकाे लाभांश घोषणा


काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले  गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

पुस ३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।