सन् २०२१ मा भारतीय अर्थतन्त्र ११.५ प्रतिशतले बढ्ने सम्भावना : आइएमएफ


इन्टरनेशनल मनिटरी फण्डले(आइएमएफ)ले सान २०२१ मा भारतीय अर्थतन्त्र दोहोरो अंकले बढ्ने अनुमान गरेको छ । विश्व भरी नै दोहोरो अंक अर्थात ११.५ प्रतिशतले आर्थिक वृद्धि हुने मुलुक भारत मात्र रहने समेत आइएमएफको दावी छ ।

अन्तराष्ट्रिय मुद्रा कोषले मंगलबार सार्वजनिक गरेको वल्र्ड इकोनोमिक आउटलुकमा उल्लेख भएअनुसार सान २०२१ मा भारतीय अर्थतन्त्र अन्य मुलुकको तुलनामा सबैभन्दा मजबुत तरिकाले उकालो लाग्ने जनाएको हो । आउटलुकका अनुसार सन् २०२० मा भारतीय अर्थतन्त्र ८ प्रतिशतले नकारात्मक रहने अनुमान छ ।

भारतीय अर्थतन्त्र दोहोरो अंकले वृद्धि गर्ने विश्वको एक मात्र ठुलो अर्थतन्त्रको रुपमा रहेको आइएमएफले जनाएको छ । सन् २०२१ मा भारत पछि चीनको आर्थिक वृद्धि ८.१ प्रतिशतले हुने अनुमान गरेको छ । त्यसैगरी स्पेनको ५.९ तथा फ्रान्सको अर्थतन्त्र ५.५ प्रतिशतले बढ्ने अनुमान आइएमएफको रहेको छ । सन २०२० मा ठुला अर्थतन्त्र मध्ये चीनको मात्र २.३ प्रतिशतले वृद्धि भएको आइएमएफले जनाएको छ । तर, सन् २०२२ मा भारतीय अर्थतन्त्र ६.८ र चिनिया अर्थतन्त्र ५.६ प्रतिशतले बढ्ने आइएमएफको पुर्वअनुमान रहेको छ ।

विश्व भरीका अर्थतन्त्र मध्ये पछिल्लो समयमा भारतीय अर्थतन्त्र सबैभन्दा छिटो सुधारको क्रममा रहेको छ । पछिल्लो समयमा भारतले कोरोना महामारीसंग लड्नका लागि भारतले धेरै कदमहरु चालेको आइएमएफका प्रबन्ध निर्देशक क्रिष्टालिना जर्जीइभाले बताइन । जनसंख्याका आधारमा पनि भारती ठुलो राष्ट भएर पनि कोरोनाका नियन्त्रणका लागि लकडाउन गरेको भन्दै उनले लामो समयको लकडाउन गर्नु नै भारतका लागि ठुलो चुनौती रहेको बताइन । अहिलेको अवस्थामा भारतको आवगमन हेर्ने हो भने कोरोना भन्दा पहिलाको अवस्था आइसकेको उनले बताइन । यसले आर्थिक गतिविधिलाई पनि तिब्र रुपमा अघि बढाएको उनको विश्लेषण रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।