तोलामा २ हजारले घट्यो सुन, चाँदीमा पनि गिरावट


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा ७५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२२.७४ अमेरिकी डलर र चाँदी ६५.४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।